बजार परिसुचक २१ सय ७३ बिन्दुमा

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै १४ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने आठ दशमलव १५ अंकले उकालो लागेर २१ सय ७३ दशमलव २५ बिन्दुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५३ अंकले ओरालो लागेर चार सय १५ दशमलव ५४ बिन्दुमा कायम रहेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् ।
जसबाट ५२ हजार चार सय ६० पटकको कारोबारमा ८३ लाख एक सय ८७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ३२ लाख ३० हजार ३९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल १३ वटा उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
तपाईको कमेन्ट लेख्नुहोस्