Techie IT
शनिबार, मंसीर १३,२०७७

सेयर बजारमा करेक्सन

झण्डै १४ अंकले बजार बढ्दा ९७ करोडको सेयर किनबेच


काठमाडौ ।
अघिल्लो दिन झण्डै छ अंकले ओरालो लागेको सेयर बजारमा साताको दोस्रो कारोवार दिन सोमबार भने करेक्सन देखिएको छ । आज बजार परिसुचक १३ दसमलव ५८ अंकले उकालो लागेर १५ सय ७० दसमलव ३८ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुुई दसमलव ६२ अंकले उकालो लागेर तीन सय १० दसमलव ८९ अंकमा पुगेको छ । आज कुुल एक सय ८९ कम्पनीहरुको सेयर कारोवार भएको छ । जसअनुसार १५ हजार चार सय ७८ पटकको कारोवारमा ३३ लाख ५३ हजार दुुई सय एक कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९९ लाख ९४ हजार चार सय तीन रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये टे«डिङ समुहको सुचक घटेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्