Techie IT
२२ मंसीर २०७९, बिहीबार

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट सात लाख रूपैयाँ हस्तान्तरण


काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापतको रकम प्रदान गरेको छ ।

मेगा बैंकमा मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२० खोलेका नेपाली सेनाका राम बहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत सात लाख रूपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैंकले जनाएको छ ।

मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रूपैयाँ मौज्दातमा खोल्न सकिने मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२० मा बैंकले हरेक खातावालाको सात लाख रूपैँयाको दुर्घटना बीमा गरिदिएको छ । ग्राहक र उनीहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले यो योजना ल्याएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्