४५ अंकले घट्दा एक अर्ब ४९ करोड रुपैंयाँको सेयर खरिद –बिक्री

काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३१ दशमलव २१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार पुन ४५ दशमलव २५ अंकले ओरालो लागेर १८ सय ४८ दशमलव २८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव छ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव नौं बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३७ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन । जसबाट ३३ हजार चार सय ६० पटकको कारोबारमा ५० लाख आठ हजार सात सय ७१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४९ करोड ९७ लाख नौं हजार छ सय ३५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिकटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसुमहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
तपाईको कमेन्ट लेख्नुहोस्