Techie IT
१७ असार २०७९, शुक्रबार

अजोड इन्स्योेरेन्सद्वारा घुम्ती सेवा सञ्चालन


काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती सेवा सञ्चालन गरेको छ । कम्पनीका अनुसार यही जेठ २८ गते गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । घुम्ती सेवाबाट बीमाशुल्क रकम आठ लाख ८१ हजार सात सय ५० रुपैयाँ संकलन भएको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा इश्मा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शेरबहादुर कुवरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए । अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानव संशाधन तथा प्रशासनप्रमुख प्रेमराज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा प्रस्ट पारेका थिए ।

उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरू तथा स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्सका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । यसैगरी उक्त कम्पनीले बीमा समितिको स्वीकृतिमा यही जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्सबाट दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २३ जना क्षति मूल्यांकनकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्