Techie IT
८ असार २०७८, मंगलबार

सात दसमलव २१ अंकले ओर्लियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक सात दसमलव २१ अंकले ओरालो लागेर १५ सय ५३ दसमलव ६२ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७९ अंकले ओरालो लागेर तीन सय सात दसमलव ८२ अंकमा झरेको छ । आज कुुल एक सय ९२ वटा कम्पनीहरुको कारोवार भएकाछन । ति कम्पनीहरुको ३३ हजार नौ सय ३३ पटकको कारोवारमा ७३ लाख पाँच हजार एक सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार नौ सय ६८ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार तीन वटा समुहको सुचक उकालो लागेकाछन भने नौ वटा समुहको सुचक ओरालो लागेकाछन । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचक घटेकाछन भने जलबिद्युुत, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्