महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

काठमाडौं ।
महालक्ष्मी विकास बैंकले गोलबजारमा पनि शाखा विस्तार गरेको छ । बैकिङ सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आएको र सोही क्रममा शुुक्रबार सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ कारोबार सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । योसँगै बैंकको कुल शाखा संख्या एक सय तीनवटा पुुगेको छ ।
बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले शाखा विस्तार गरी एक सय तीनवटा शाखाबाट करिब पाँच लाखभन्दा बढी ग्राहकहरूमाझ बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ७७ लाख ७२ हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्र्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २० करोड ३२ लाख ३१ हजार तीन सय ९० रुपैयाँ रहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
तपाईको कमेन्ट लेख्नुहोस्