Techie IT
बुधबार, कात्तिक ५,२०७७

बजार परिसुचक १५ सय ६१ अंकमा

झण्डै छ अंकले उकालो लाग्दा दुुई अर्ब २३ करोडको सेयर खरिद बिक्री


काठमाडौ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक पाँच दसमलव ७४ अंकले उकालो लागेर १५ सय ६१ दसमलव २७ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २३ अंकले उकालो लागेर तीन सय नौ दसमलव ५७ अंकमा चढेको छ । आज कुल एक सय ९३ कम्पनीहरुको सेयर कारोवार भएकाछन । ति कम्पनीहरुको ४५ हजार आठ सय ३४ पटकको कारोवारमा ८९ लाख ७१ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल कारोवार रकम दुुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ पुगेको छ ।

आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १२ वटा समुहको सेयर कारोवार भएकाछन । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, फाईनान्स, टे«डिङ, होटल र अन्य समुहको सुचक बढेकाछन भने बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्