Techie IT
२ भदौ २०७९, बिहीबार

बजार परिसुचक उकालो लाग्यो

होटल बाहेक सबै समुहको सुचक हरियो


काठमाडौ ।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दुुई दिन ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुुधबार नौ दसमलव ३७ अंकले उकालो लागेर १५ सय ५५ दसमलव ५२ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९५ अंकले उकालो लागेर तीन सय आठ दसमलव ३४ अंकमा चढेको छ । आज कुुल एक सय ९४ कम्पनीहरुको सेयर कारोवार भएको छ । ति कम्पनीहरुको ४१ हजार छ सय २० पटकको कारोवारमा ५८ लाख ६२ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम एक अर्ब ७२ करोड ७८ लाख २१ हजार सात सय सात रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुसार होटल समुहको सुचक २३ दसमलव ६४ अंकले ओरालो लागेर १७ सय १६ दसमलव ५७ अंकमा झरेको छ भने बाँकी समुहको सुचक उकालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ८७ अंकले उकालो लागेर १२ सय ४३ दसमलव ९७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २२ दसमलव आठ अंकले उकालो लागेर १८ सय ३३ दसमलव ९८ अंकमा चढेको छ ।

जलबिद्युुत समुहको सुचक पनि ३३ दसमलव ७९ अंकले उकालो लागेर १२ सय ४० दसमलव ६८ अंकमा चढेकोमा लघुुबित्त समुहको सुचक पनि १० दसमलव २४ अंकले उकालो लागेर २५ सय ७१ दसमलव २५ अंकमा चढेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ७४ दसमलव ७७ अंकले उकालो लागेर सात हजार नौ सय ८४ दसमलव ५० अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ९४ दसमलव ६८ अंकले उकालो लागेर नौ हजार सात सय ४१ दसमलव पाँच अंकमा चढेको छ । यि बाहेक टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि क्रमश पाँच दसमलव ७२, १२ दसमलव दुुई, २३ दसमलव दुुई, सात दसमलव ३६ र शुन्य दसमलव शुन्य तीन अंकले उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्