Techie IT
९ माघ २०७८, आईतबार

बजार परिसुचक १५ सय ४६ अंकमा

झण्डै २३ अंकले बजार ओरालो लागेपनि दुुई अर्ब ८१ करोडको सेयर किनबेच


काठमाडौं ।

सेयर बजार परिसुचक पुुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै सात अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि २२ दसमलव ९१ अंकले ओरालो लागेर १५ सय ४६ दसमलव १५ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ८४ अंकले ओरालो लागेर तीन सय सात दसमलव ३९ अंकमा झरेको छ । आज कुुल एक सय ९९ कम्पनीहरुको सेयर किनबेच भएकाछन । ति कम्पनीहरुको ४७ हजार नौ सय ४४ पटकको कारोवारमा ७८ लाख ५६ हजार सात सय ८८ कित्ता सेयर खरिद बिक्री हुुदा आज कुुल कारोवार रकम दुुई अर्ब ८१ करोड २८ लाख ५६ हजार पाँच सय ८४ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुसार बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटै समुहको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्