Techie IT
१९ असोज २०७९, बुधबार

माछापुच्छ्रे बैंकले १० दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।
माछापुुच्छ्रे बैंकले १० दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही असोज एक गते बिहीबार बसेको चार सय २८औं बैठकले गत आर्थिक वर्षको खुुद मुनाफामध्येबाट चुक्ता पुँजीको १० दशमलव ४० प्रतिशत लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांशअन्तर्गत सात दशमलव तीन प्रतिशत बोनस सेयर र तीन दशमलव ३७ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्