Techie IT
५ असार २०७८, शनिबार

बजार परिसुचक १५ सय ७५ अंकमा

तीन अंकले उकालो लाग्दा दुुई अर्ब ७४ करोडको सेयर खरिद बिक्री


काठमाडौ । 
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोवार दिन आज आईतबार नै बजार परिसुचक तीन अंकले उकालो लागेर १५ सय ७५ दसमलव १८ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १२ अंकले उकालो लागेर तीन सय १३ दसमलव ६२ अंकमा चढेको छ । आज कुुल एक सय ८८ कम्पनीहरुको कारोवार भएकाछन । ति कम्पनीहरुको ६४ हजार पाँच सय १५ पटकको कारोवारमा ९२ लाख २३ हजार सात सय १२ कित्ता खरिद बिक्री हुंदा कुुल कारोवार रकम दुुई अर्ब ७४ करोड २७ लाख ९५ हजार छ सय ९२ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कुुल ११ वटा समुहको कारोवार भएकाछन । जसमध्ये आज बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स समुहको सुचक उकालो लागेकाछन । यि बाहेक बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका आठ वटा समुहको सुचक भने आज ओरालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्