Techie IT
१७ असार २०७९, शुक्रबार

ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो


काठमाडौं, असोज १
ग्रीन डेभलपमेन्ट बैंकले खुुद मुनाफा बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई करोड १३ लाख तीन हजार सात सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड १७ लाख पाँच हजार सात सय ५८ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३० करोड २८ लाख २५ हजार चार सय ५८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १४ करोड ४६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड १६ लाख छ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर पाँच दशमलव २० प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ७९ लाख ८३ हजार पाँच सय पाँच रुपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख ५७ हजार दुुई सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ४२ लाख ६२ हजार एक सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तनि दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३३ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्