Techie IT
मंगलबार, असोज १३,२०७७

सेयर बजार परिसुचक उकालो लाग्यो

एक सय ९४ कम्पनीहरुको एक अर्ब ८४ करोडको सेयर किनबेच


काठमाडौ,।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन चार दसमलव ४७ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुुधबार पाँच दसमलव ३६ अंकले उकालो लागेर १५ सय ४१ दसमलव ४० अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दसमलव ८३ अंकले उकालो लागेर तीन सय पाँच दसमलव ४८ अंकमा चढेको छ ।

आज कुुल एक सय ९४ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार ३० हजार पाँच सय ९० वटा कारोवारमा ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ८४ करो ५६ लाख ३४ हजार ३० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये बाँणिज्य बैक समुहको सुचक चार दसमलव ५८ अंकले ओरालो लागेर १२ सय २१ दसमलव ३१ अंकमा झरेको छ भने बिकास बैंक, जलबिदुुत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्