Techie IT
सोमबार, असोज १२,२०७७

सेयर बजार परिसुचक चार दसमलव ४७ अंकले ओर्लियो


काठमाडौ, भदौ ३०
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक चार दसमलव ४७ अंकले ओरालो लागेर १५ सय ३६ दसमलव तीन अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५९ अंकले ओरालो लागेर तीन सय चार दसमलव ६५ अंकमा झरेको छ । आज कुुल एक सय ९१ कम्पनीहरुको कारोवार भएकाछन ।

जसअनुसार २८ हजार एक सय ४४ वटा कारोवारमा ५७ लाख २३ हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम एक अर्ब ८० करोड एक लाख ९७ हजार नौ सय तीन रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुसार नौ वटा समुहको सुचक ओरालो लागेकाछन भने तीन वटा समुहको सुचक उकालो लागेकाछन । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत सहितका नौ वटा समुहको सुचक ओरालो लागेकाछन भने होटल, जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक भने उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्