Techie IT
मंगलबार, मंसीर १६,२०७७

गरिमा ज्ञवालीको स्वरमा ‘सुरक्षित तीज’


काठमाडौं, साउन २२
कोरोना भाइरसको जोखिममा सुरक्षित रहन आग्रह गर्दै गरिमा ज्ञवालीको स्वरमा रहेको ‘सुरक्षित तीज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्याम स्वेत रसाइलीको एरेन्ज ,दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत सुन्न सकिन्छ । राधा ज्ञवालीले निर्माण गरेको गीतले सकारात्मक संदेश दिएको छ।

भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुरास ढकाल र बाल कलाकार आयुषी ढकाल फिचर्ड छन् । भिडियोमा विष्णु रिजाल, कविता श्रेष्ठ, एसराज गरच, दीपकराज पाठक, अन्जिता अधिकारी र उर्मिला पुडासैनी फिचर्ड छन् ।समन अधिकारी निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, फराज अर्पण (नेपाल)को सम्पादन र छायांकन, ओम मेघा (अमेरिका)को छायांकन रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्