Techie IT
१० कात्तिक २०७८, बुधबार

‘आइन पियारी’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । गीतकार तथा संगीतकार पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत मार्फत व्यक्त गरिएको छ। कोरना कहरका कारण घर फर्किन नसकेको परदेशीको दुखद कथालाई समेटेर भिडियो तयार पारिएको छ ।

Open Photo

गीतमा कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन समावेश छ। कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्