Techie IT
३० जेठ २०७८, आईतबार

मलाइ अमेरिका यही भनेर गीत गाउने गायिका सिता केसीको नयाँ लोकदोहोरी ”गोधुली साझैंमा” भिडियो सहित


काठमाडौं,भदौ २२

पशुपति शर्मासँग मलाइ अमेरिका यही भनेर गीत गाउने गायिका सिता केसीको नयाँ लोकदोहोरी गीत ”गोधुली साझैंमा”सार्वजनिक भएको छ । जसमा उनको साथसाथै लोकदोहोरी क्षेत्रका चर्चित अनुहारहरु गायिका जुना श्रीष , नेत्र भण्डारी र कृष्ण केसीको आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

 

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ । आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ ।चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ । करण चैसिरको छायाँँकन , मनोज कार्कीको स्म्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ ।

प्रदेश नम्वर ४ को वागलुङमा स्थायी घर भएकी सिता विगत लामो समयदेखि काठमाडौंलाई आफ्नो सांगितिक कर्मथलो बनाउदै आएकी छिन् । विगतमा जस्तै यस पटक सार्वजनिक भएको गीतले पनि नेपाली दर्शक,श्रोताको मन जित्न सक्नेमा उनी आशावादी देखिन्छिन् । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्