Techie IT
१२ साउन २०७८, मंगलबार

रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली


काठमाडौं ।

वरिष्ठ कलाका्र उत्तम नेपालीको मृत्यु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यसमेत रहेका कलाकार नेपालीको बुधबार विहान ४ बजे निधन भएको हो । उनको मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मुटु रोगका व्रिामी ८५ वर्षिय कलाकार नेपाली नेपाली चित्रकला क्षेत्रका एक सिद्दहस्त कलाकार मानिन्छन् । उनका दुई छोरीहरु छन् । उनको निधनसँगै नेपाली कला क्षेत्रले एउटा प्रतिभावान कलाकार गुमाउन पुगेको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्