Techie IT
बिहीबार, असोज ८,२०७७

हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर पुरस्कारको भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता गर्ने


काठमाडौं, भदौ १७

हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर पुरस्कारको ‘भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ। उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ मङ्सिर मसान्तसम्म तोकिएको प्रतियोगिताका संयोजक संयोजक राधेश्याम लेकालीले जानकारी दिएका छन्।

अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गरेका हुन्। यसअघि पनि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ। यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ ।

प्रतियोगिताको लागि सूचनाः

यस हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ ।
गीतको विषय सन्दर्भ –
भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन्ः

१ आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।

२ गीत रेकर्ड गरेको हुनुपर्नेछ ।

३ कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन् ।

४ एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन् । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।

५ गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६ प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।

७ प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८ गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ।

९ पुरस्कार नगद १००० अमेरिकी डलर ९प्रमाणपत्रसहित हुनेछ।

१० यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क Email- Hemsaritapathak@gmail.com ph no-9851059354


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्