Techie IT
शुक्रबार, असोज ९,२०७७

शुसिलाले सार्वजनिक गरिन् पहिलो लोकदोहोरी कोशेली जुनतारालाई हेर्छु


काठमाडौं,भदौ १६

लामो समयदेखि मोफसलमा रहेर नेपाली सञ्चार क्षेत्रमा कृयाशील सञ्चारकर्मी शुसिला पोख्रेल चौलागाईले पहिलो सृजनात्मक कोशेलीको रुपमा जुनतारालाई हेर्छु लोकदोहोरी गीत सार्वजनिक गरेकी छिन् ।

मायाप्रेमको भावनात्मक सम्बन्धकोवारेमा गीतमा दोहोरो सम्बाद रहेको गीतमा स्वर सुशिला पोख्रेल चौलागाई र हिमाल सापकाृेटाको रहेको छ ।

शालिकराम भण्डारीको शब्द ,यज्ञ सापकोटाको लय रहेको यो गीतको संगीत संयोजन महेशविक्रम पाण्डेले गरेका हुन् । यस्तै प्रेम खड्का, कविता गौतम र अनिस लामिछानेको अभिनय रहेको यो गीतको म्युजिक भिडियो निर्देशन मदन खड्काले गरेका हुन । टंक के.सी.को क्यामेरा रहेको यो गीतको म्युजिक भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन् ।

विगत लामो समयदेखि गुन्जन एफएमंमा कार्यक्रम प्रश्तोताको रुपमा रहेकी सुशिलाले अवका दिनमा नेपाली लोकसंस्कृतिको जर्गेनामा पनि निरनतर रुपमा लाग्ने प्रणकासाथ अघि वढ्ने आशा उनका शुभचिन्तकहरुले लिएका छन् ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्