Techie IT
बुधबार, मंसीर १०,२०७७

वरिष्ठ लोकगायक महत दम्पती कोरोना मुक्त


काठमाडौं, भदौ १४

अमेरिकाको पेनसेलभेनिया र मेरिल्याण्डका लागि नेपाली महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना मुक्त भएका छन् ।

उक्त कुराको जानकारी गायक महतले आफ्नो फेसवुकमार्फत दिएका हुन् । अगस्त ७ मा आफु र आफ्नी श्रीमती कविता कोरोना संक्रमण भएको जानकारी र्साजनिक गरेका महतले अगस्त २८ मा कोरोना मुक्त भएको जानकारी पनि फेसवुकमार्फत नै गराएका हुन् ।

प्रदेशमा भएपनि नेपाली संस्कार र संस्कृतिको जर्गेनामा रातदिन कृयाशील महतले आफुहरु कोरोना मुक्त हुनुमा आफ्नो जन्म ठाउँ तनहुँको ढोरवाराही माइ,पशुपतीनाथ र आफ्ना शुभचिन्तकको कृपा रहेको बताएका छन् ।

महत दम्पतीमा कोरोनाको लक्षण देखिएपछि उनीहरु छोरा डा. सरगम महतको स्वास्थ्य निगरानीमा रहेर होम आइसोलेसनमा बसेका थिए ।

कोरोना संक्रमण भएर पनि रोग लुकाउने गरेको अहिलेको नेपाली समाजलाई महत दम्पतीले यो समाजको लागि रोग लागेमा भन्न डराउनु र लजाउनु हुँदैन वरु बेलैमा सजग र सचेत भएर यसको उपचारमा लाग्नु पर्छ भन्ने सन्देश पनि दिएका छन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्