Techie IT
९ असार २०७८, बुधबार

सुजन बराईलीको चेतनामुलक कोरोना गीत “शोकले मरिन्छ की भोकले” सार्वजनिक (भिडियो सहित)


काठमाडौं ।

विश्व महामारी चपेटामा फसेको वर्तमान अवस्थामा हरेक क्षेत्र क्षतविक्षत बनेको अवस्था रहेको छ । यस्तै विश्व महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालका हरेक क्षेत्र,व्यावशायलाई यस महामारीले नकारात्मकब असर पारिरहेको छ । यसैका कारण अहिले सरकारले नेपालका प्राय सबै जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ ।

कोरोना महामारीबाट बच्नका लागि निषेधाज्ञा उचित रहे पनि गरिखाने वर्ग यसको प्रत्यक्ष मारमा परेका छन् । गरिव दु:खी किसानहरु विरामी भइहाले पनि अस्पतालमा वेड नपाएर छटप६िइ छटपटिइ मर्नु पर्ने बाध्यात्मक परिस्थिति सृृजना भएको छ । धेरै नेपालीहरु पैसाको अभावमा उपचार गर्न नपाएर अकालमा ज्यान गुमाउनु परेको छ भने कतिले अस्पतालमा अक्सिजन ग्यास नपाएर मृत्युवरण गर्नु परेको वाधयात्मक अवस्था रहेको छ ।

यही नेपालको यर्थाथतामा आधारित रहेको गायक सुजन बराइलीको आवाजमा भरखरै शोकले मरिन्छकी भोकले भन्ने जनचेतना मूलक गीत बजारमा सार्वजनिक भएको छ ।यस गीतर्मा पत्रकार तथा सर्जक प्रकाश बराइली ‘अभिवयक्ति’ले शब्द सृृजना गरेर यसलाई गीतको मूर्त रुप दिने काम गरेका छन् । यस्तै यसलाई लयबद्ध गर्ने काम रमेश विक्रम रत्नले गरेका छन् । यस गीतमा संगीत संयोजन र मिक्सिङ रमेश सेञ्चुरीको रहेको छ ।

गीतको भिडियो निर्देशन पत्रकार तथा गीतकार प्रकाश बराइली ‘अभिव्यक्ति’कै रहेको छ भने यस गीतमा चर्चित मोडेल शिवन पोखरेल र नारायण सारुको अभिनय रहेको देखिन्छ । यस गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन् । म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरले दृश्य निर्माण गरेको यस गीतलाईृ मल्लाजी म्युजिक प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ ।

गीतको भिडियो हेर्नका लागी तलको लिंक प्रयोग गर्नुहोला:




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्