Techie IT
बुधबार, मंसीर १०,२०७७

सज्जा चौलागाई बनिन् नेपाल आइडल सिजन–३ को बिजेता


काठमाडौं,भदौ १२
नेपाल आइडल सिजन–३ को बिजेता सज्जा चौलागाईं बनेकि छन । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा बिजेता हुदा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले चुमे । आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्