Techie IT
२० साउन २०७८, बुधबार

सुगम पोखरेलको नयाँ गीत सार्वजनिक


काठमाडौं,भदौ ११

लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो ।

‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् ।

गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने संदेश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रंटलाइन वर्कर्सलाई यस गीत मार्फत धन्यवाद दिइएको छ ।

गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्य को रहेको छ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्