Techie IT
९ असार २०७८, बुधबार

वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन


काठमाडौँ ।

वरिष्ठ चलचित्रकर्मी तथाा संस्कृतिकर्मी चेतन कार्कीको निधन भएको छ । उनको आइतबार बिहान निधन भएको हो ।उनी विगत एक हप्तादेखि कोरोना संक्रमण भइ सैनि अस्पताल छाउनीमा उपचार गराइरहेका थिए ।उनले नेपाली लोक संस्कृति तथा चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।

नेपाली गीत,कविता,कथा,उपनयास र चलचित्र लेखनमा कृयाशील बहुप्रतिभाका धनी कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्। विसं १९९५ कात्तिक २२ गते गते स्याङ्जाको आरुखर्कमा जन्मेका कलाकार कार्कीले नेपालीसहित हिन्दी तथा उर्दू भाषामा साहित्य सिर्जना गरेका छन् ।

उनका कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) सहित प्रकाशित छन्। उनले सृजना गरेका धेरै गीतहरु चर्चामा रहेका छन् । उनले सृजनामा नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानले स्वर दिएका छन् ।

विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमिले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा , छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन्।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह प्रकाशीत छन् । उनको असामयिक निधनले नेपाली संस्कृति तथा चलचित्र क्षेत्रले एउटा महान सर्जक गुमाएको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्