Techie IT
शनिबार, मंसीर २०,२०७७

लोकदोहोरी लाईदिम की मोहनी छोटो समयमै ट्रेन्डिङ नम्वर छैठौंमा पर्न सफल


काठमाडौं,भदौ १०

गायक ईश्वर थापा र देवी घर्तिले गाएको लोकदोहोरी लाईदिम की मोहनी गीत डिजिटल वजारमा ल्याएको छोटो समयमा नै ट्रेन्डिङ नम्वर छैठौंमा पर्न सफल भएको छ ।

गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक पल शाहलाई देख्न सकिन्छ भने शाहलाई मोडल रियाशा दहालले साथ दिएकी छिन् ।

गीतको शब्द शिव अखेली र लय सूर्य खड्काको रहेको छ । गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका छन् भने काजीस श्रेष्ठको निर्देशन रहेको छ । यस्तै गरेर यो गीतको म्युजिक भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन् ।

स्याङ्जाको गल्याङ नगरपालिका-११ स्थायी घर भएका सुमधुर स्वरका धनी इश्वर विगत केही वर्षदेखि कामको शिलशिलामा जापानमा कार्यरत रहेका छन् ।

यस अघि पनि गीत रेकर्ड गरेका उनले त्यति सोंचे जस्तो सफलता हासिल गर्न सकेनन् र त्यसको एक वर्षपछि निकै ताम झाम र तयारीकासाथ लाईदिमकी मोहोनी लिएर आएका छन् ।

अवका दिनमा पनि वर्षको एउटा गीत बजारमा ल्याउने तर निकै विचार पु-याएर राम्रै हुने किसिमको ल्याउने बताए । गीतको भिडियो सूर्य खड्काको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्