Techie IT
२ जेठ २०७८, आईतबार

‘चन्द्र कुमारी’ लिएर आए गायक नबिन ढुङ्गेल र नबराज घोरासैनी


काठमाडौं ।

‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ । गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको लय सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो।

सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के।सीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपाली र पूजा नाथको अभिनय रहेको छ ।राम कुमार के.सी.ले छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन् । यस म्युजिक भिडियो नबराज घोरासैनीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरेका हुन्।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्