Techie IT
२ जेठ २०७८, आईतबार

मेलिनासँगको सहकार्यमा श्रीकृष्णले ल्याए ‘राम हो झुमा हो’


काठमाडौँ ।

गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ। बिदुर गिरीको शब्द रहेको गीतमा गायक श्रेत्री स्वयंले संगीत भरेका छन्। मौलिक लोक आधुनिक शैलीको गीतमा मायाप्रेमको विषयलाई समेटिएको छ। गीतको भिडियोमा सुनिल क्षेत्री र गीता ढुङगानाको अभिनय छ।छत्रभूमि म्युजिकको अफिसियल युटयुवमार्फत गीत सार्वजनिक गरिएको हो।

पाल्पामा जन्मे रविगत लामो समयदेखि नेपाली लोकदोहोरी गीत संगीतमा कृयाशील गायक क्षेत्री आधुनिक तथा पप विधामा पनि सँग सँगै हि.डिरहेका छन् । यस भन्दा अगाडी पनि थुप्रै लोक दोहोरी,सालैजो,कौडा गीतमा आवाज दिइसकेका गायक क्षेत्रीको यो युगल गीतले दर्शक,श्रोताको मन जित्न सफल रहनेमा निर्माण पक्ष आशावादी रहेको देखिन्छ । यस गीतले रिलिज भएको छोटो अवधिमै धेरै शुभचिन्तकको मन जित्न सफल भएको गायक क्षेत्रीको दाबी रहेको छ ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्