Techie IT
२ जेठ २०७८, आईतबार

झलक बिबश र अस्मिता अधिकारीको आवाजमा ‘दुलाहा दुलही’ सार्वजर्निक


काठमाडौं ।

लामो समयदेखि विशेष गरेर लोकपप गीत संगीतलाई अंगालेर सांगीतिक यात्रामा संघर्ष गरिरहेका गायक झलक बिबश र सुाधुर स्वरकी धनी अस्मिता अधिकारीको आवाजमा सजिएको गीत ‘दुलाहा दुलही’को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।तिलक बस्नेतको शब्द,संगीतमा तयार भएको गीतलाई सुमन केसीले संगीत संयोजन गरेका हुन् । यस्तै कमल सौरागले रेकर्डिङ गरेको यस गीत प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । यस्तै गरी यस गीतको अडियो मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

No description available.

विवेक जोसी र उशा उप्रेतीको अभिनय रहेको यस गीतको भिडियोलाई रामकुमार केसीले निर्देशन गरेका हुन् । दिपेन्द्र सिंह ठकुरीले नृत्य निर्देशन गरेको यस गीतको म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने डिजाइन मनोज ओलीको रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानलबाट बजारमा सार्वजनिक भएको यो गीतमा पारिवारिक विवाह बन्धनमा बाँधिएपछिको माया प्रेमको बारेमा प्रेममय भावमा चर्चा गरिएको छ । गीत बजारमा आएको छोटो समयमा नै गीतको भ्यूवर्स र शुभचिन्तकहरुले बनाएको टिकटकबाट पनि यो गीतले बजार ओगट्नेमा यस गीतको निर्माणपक्ष आशावादी रहेको छ ।

 




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्