Techie IT
सोमबार, वैशाख ६,२०७८

नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत “ तिमी देखि टाढा टाढा ” सार्वजनिक


काठमाण्डौं ।

डिएस डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत “ तिमी देखि टाढा टाढा ” सार्वजनिक भएको छ ।मोहन गमालको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको रिभेन्ज को पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ ।

वियोगान्त कथा बोकेको यस गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ । कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ ।कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता रिलिज हुने तयारीमा रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार