Techie IT
मंगलबार, कात्तिक ४,२०७७

महानायक विवादपछि आफ्ना ३ गल्ती स्विकार्दै भक्कानिइन् दिपाश्री (भिडीयो सहित)


काठमाडौं,भदौ ७

महानायक विवाद काण्ड पछि जन्म दिनको अवसर पारेर चर्चित हास्यकलाकार दिपाश्री निरौलाले पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिदै भावुक बन्दै आफूले गल्ती गरेको स्विकारेकी छिन्।

नेपाल टेलिभिजनको चर्चित हास्यटेलिशृंखला ‘तितो सत्य’ तथा ‘धनीयाँको दुनिया’ बाट दिपा दर्शक श्रोताहरु माझ लोकप्रिय रहेकी उनी चर्चित हास्य टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबको अध्यक्षको रुपमा समेत रहेकी छिन् ।

उनी पिता तुलसी प्रसाद निरौला र माता गितादेबी निरौलाको कोखबाट बि.स. २०३२ साल भाद्र ७ गते औधोगिक सहर बिराटनगरमा जन्मेकी थिइन्। दिपा यो मितिबाट ४६ वर्षमा प्रवेश गरेकी छन् ।

पछिल्लो समय महानायक विवादमा उनी नमज्जाले फसेकी पनि थिइन् । निकै ठूलो विवादमा फसेकी उनी जन्मदिनको अवसरमा पारेर बोलेकी हुन्। उनले आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन ।उक्त विवादित अन्तरबार्ता सम्झिदै उनले ३ गल्ती आफुले गरेको र जस्लाई स्वीकार पनि गरेको बताईन् । जन्मदिनको अवसरमा उनले यस्तो प्रण पनि गरिन् ।

तितो सत्यसंगै थारु चलचित्र हुदै ठुलो पर्दा माझ दिपा परिचित छिन । दिपाश्री हास्यकलाकार गायिका चलचित्र निर्देशक साथै अभिनेत्री पनि हुन् । हसिलो मुहार, सरल तथा मिजासिलो स्वभाब भएका कारण पनि दीपालाई बच्चा, बयस्क तथा बुढापाकाहरु सबै उमेर समुहले रुचाउने गरेका थिए । दिपक र दिपाश्री मिलेर बनाएका चलचित्रहरु पनि दर्शहरुले राम्रै मन पराइ दिएर करोडौं कल्वका केक ख्वाएका पनि हुन् तर पछिल्लो समयमा महानायक विवादले उनको यो क्रेज नराम्रो गरी तल झराली दिएको छ । ढिलै भए पनि उनको घैंटामा घाम लागेर जन्म दिनको शुभ अवसर पारेर आफ्ना गल्ती कमजोरी आफैले देख्ने जमर्को गरिन् यो भने उनको महानता नै मान्नु पर्छ ।

उमेरले आधा शताब्दि पुग्न लागेकी दिपाले अझै सम्म बितिसक्दा पनि उनले विवाह भने गरेकी छैनन् ।अव आउने अर्को जन्म दिनको अवसरले उनको जीवनको सहयात्रीको चाँजोपाँजो मिलोस् ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ कि निर्देशक दिपाश्रीलाई उनका दर्शक तथा शुभचिन्तकहरुले सामाजिक संजाल मार्फत यही भनेर शुभकामना दिएका छन् ।


नमस्कार!आज भाद्र ७ गते , मेरो जन्मदिन!धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिएत्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?

Posted by Deepa Shree Niraula on Saturday, August 22, 2020


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्