Techie IT
१२ साउन २०७८, मंगलबार

टाढा भए पनि’ बोलको गीतले १५ दिनभित्रै एक करोड भ्युज प्राप्त गर्‍यो


काठमाडौँ ।

टाढा भए पनि’ बोलको गीतले १५ दिनभित्रै एक करोड भ्युज प्राप्त गरेको छ। यस गीत पल अभिनित पछिल्लो चर्चित गीत हो।

नेपालमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने गीतमध्ये एक गीत ‘टाढा भए पनि’ बन्न पुगेको हो। गायिका अस्मिता अधिकारी र गायक उर्गेन दोङको आवाज रहेको यस गितमा पललाई अभिनयमा मोडेल मलिका महतले साथ दिएकी छिन्।

यसअघि पल र मलिका अभिनित ‘फुल बुट्टे सारी’ले १८ दिनमा एक करोड भ्युज पाएको थियो।त्यसअघि १८ दिनमै १ करोड भ्युज पाउने गीत प्रकाश सपुतको ‘गलबन्दी’ थियो।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्