Techie IT
१२ साउन २०७८, मंगलबार

फागुन २९ गते शनिवार नेफ्टा अवार्ड हुने


काठमाडौं ।

कोभिड १९ का कारण समयमा हुन नसकेको नेफ्टा अवार्ड हुने भएको छ । यही फागुन २९ गते शनिवार आयोजना हुन लागेको हो ।

नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औं संस्करणको ‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ लाई उत्कृष्ट अवार्ड कार्यक्रम बनाउने प्रयास भइरहेको छ ।

कार्यक्रममा महानायक राजेश हमालको विशेष प्रस्तुति रहने छ भने साथमा सोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्की लगायत दर्जन चर्चित कलाकारहरुले विशेष प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ ।

अवार्ड समारोह सोल्टि होटलमा सम्पन्न हुनेछ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्