Techie IT
बिहीबार, फागुन १३,२०७७

चलचित्र ‘बिहे पास’ का लागि अडिसन आव्हान


काठमाडौं ।

चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको ‘बिहे पास’ फिल्मले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि६५ बर्षसम्मका २२ जना पुरुष र २०,२६,४०,५० र ६७ बर्षका ५ जना नारी कलाकारको आबश्यकता रहेको छ । स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउनेप्राबधान राखिएको निर्माण संस्थाले जनाएकोे छ ।

अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी,ग्वार्काे,ललीतपुरमा हुनेछ । अडिसनबारे केही बुझ्नु परेमा ९८६९८६२१२७ र इमेल–nfccfilm@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल,सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजीक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउदै आएको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्