Techie IT
बुधबार, कात्तिक १२,२०७७

६० भन्दा धेरै गीत रेकर्ड गराएकी गीतकार के.सी. युरोपबाट सिरियल खेल्दै


काठमाडौं, भाद्र ३

नेपालमा रहँदा ६० भन्दा धेरै गीतहरुको रचना गरेर चर्चामा रहेकी गीतकार तथा गायिका सन्ध्या के.सी. पछिल्लो समयमा युरोपमा गएर टेलिसिरियलमा अभिनय गर्नमा व्यस्त रहेकी छिन् ।

लमजुङ हुँदै लामो समय काठमाडौं बसाइको क्रममा उनी नेपाली गीति लेखन तथा गायनमा समेत रहेकी सन्ध्या केही समय अघिदेखि युरोपमा रहेर आफ्नो कलाकारितालाई पनि निरन्तरता दिएकी छिन् ।

सन्तोष बरालको परिकल्पना,लेखन र निर्देशन रहेको डवल रोल टेलिसिरियलमार्फत उनी फेरि नेपाली कलाकारिताको अभिनय विधालाई अघि बढाउन लागेकी हुन् ।

जुन सिरियलमा उनीलगायत सन्तोष बराल,सुजु गौतम,अम्विका फुयाँल, आर. एन .श्रमजिवी,राम भण्डारी,हेमराज सुवेदी,सुष्मिता मैनाली,नारायण थापा,सुमधुर के.सी.,वविता पाण्डे,सान्मा शर्मा,सिहान पौडेल र श्रमण श्रेष्ठको अभिनय रहेको छ ।

प्रदेशमा रहेपनि आफ्नो देशको कला संस्कृतिलाई भने उनले विर्सन सकेकी छैनन् । त्यसैले त आफ्नो व्यावशाय र जागिरको अलावा कलाकारितालाई पनि आफ्नो कर्म बनाएको उनले बताउँछिन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्