Techie IT
बिहीबार, असोज ८,२०७७

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउनेलाई कारवाहीको माग


काठमाडौं,भाद्र २

म्युजिक भिडियोमा जाती विशेषलाई तथानाम गाली गर्दै राष्ट्रिय झण्डा जलाएकोप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रशासनको ध्यानार्कषण गराउदै यस्ता हर्कत गर्नेहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

देशद्रोही नाम दिएको यो म्युजिक भिडियो मंगल हप अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस को लिरिक्स -यापरका रुपमा मंगोल ग्याल्ज ली एण्ड एटीएम नाम दिाइएको छ । गीत मकवानपुरको विष्णु आधारभुत विधालयमा सुटिङ गरेको थाहा हुन आएको छ ।

यो खवर थाहा पाउनासाथ नेपाल प्रहरीले खोजी तिव्र पारेको र कसुर गर्नेको नजिक पुगेको साथै अवका केही समयमा कसुरवाला फेला पारेर सार्वजनिक गर्ने अभियानकासाथ प्रहरी परिचालित गरिएको नेपाल प्रहरीका सूचना अधिकृत प्रहरी उपरिक्षक इश्वर कार्कीले जानकारी दिएका छन् ।

मुलुकी अपराध संहिताले राष्ट्रगान र राष्ट्रिय झण्डाको अपमान गर्ने कसूर गरेवापत ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय पनि हुन सक्छ ।

यस्ता सामाजिक सदभाव विगार्ने र राष्ट्रियतामाथि नै आँच आउने किसिमका सृजना बजारमा ल्याउनेले समाजलाई आपसमा सदभाव,सहयोगको भावना विकास गर्न भन्दा पनि समाजलाई आपसी मनमुटाव ल्याई भिडन्तको अवस्थामा पु-याउने हुँदा  यस्ता किसिमका कृया-कलापहरुलाई निरुत्साहित पार्दै एउटा सदभावपूर्ण र असलसमाजको निर्माण गर्नु नै हाम्रो दायित्व रहन आउँछ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्