Techie IT
१० कात्तिक २०७८, बुधबार

धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ वेब सिरिज तयार


काठमाडौँ ।
कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा कार्यमा खटिरहेका छन् । त्यो सँगै उनीहरू आफ्नो कलाकारितालाई पनि थप निरन्तरता दिने प्रयासमा गरिरहेका छन् ।

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा कार्यमा व्यस्तता भएतापनि पछिल्लो समय धुर्मुस-सुन्तलीले चलचित्र ‘सेन्टी भाइरस’मा अभिनय गरेका थिए । उक्त चलचित्र रिलिज भएको १ वर्ष बितिसकेको छ । अब उनीहरू पुन अभिनयमा फर्किने तयारी गरिरहेका छन् ।धुर्मुस-सुन्तलीले ‘म त मर्छु कि क्या हो’ नामक वेब सिरिज तयार गरेका छन् । जसको लेखन तथा निर्देशन पनि आफै धुर्मुस(सुन्तलीले नै संयुक्त रूपमा रहेका छन् । सिरिजको छायांकन सकिइ सकेको छ ।

वेब सिरिजमा धुर्मुस-सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । सिरिजको सम्पूर्ण छायांकन चितवनमा नै गरिएको हो । हाल सिरिजको सम्पादनको काम भइरहेको छ । २ घण्टा १० मिनेट लामो सिरिजलाई भाग-भाग गरेर रिलिज गरिनेछ । सिरिजलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिनेछ । तर, कहिलेबाट रिलिज गर्ने भन्ने जानकारी उनीहरूले गरेका छैनन्


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्