Techie IT
शनिबार, मंसीर २०,२०७७

राउडिजमले चोर्‍यो टिकटक तिज क्विनको प्रोमो, गल्ती सुधार्न आनाकानी


काठमाडौं,साउन २९

ईटहरीमा डिथ्री अनलाइन संचालन गरिरहेको परिकला मिडिया प्रालिको आयोजनामा भैरहेको टिकटक तिज क्विन(२०७७)को प्रोमो भिडियो अनाधिकृत रुपमा चोरी भएको छ । राउडिजम ईन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको टिकटकको भिडियो प्रतियोगितामा प्रोमो भिडियोलाई तोडमोड गरि प्रयोग गरेको पाईएको परिकला मिडियाका प्रबन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले जानकारी गराए ।

उक्त भिडियो चर्चित हास्य कलाकार तथा जादुगरको श्रब्य दृष्यमा रहेको कारण महत्त्व दिइएको हो । तोडमोड गर्दै राउडिजमको फेसबुक पेजमा उक्त भिडियो पोस्ट भएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराईएको संकल्पले बताए । तर, चित्त बुझ्दो जवाफ नआएको उनले बताए ।

राउडिजम तर्फबाट उक्त भिडियो डिलेट गरिएको तर सुधार पोस्ट गर्नलाई आनाकानी गरिरहेको श्रेष्ठको भनाई छ । कसैको सम्पतिलाइ अनाधिकृत रुपमा अथवा बिना सुचना प्रयोग गर्दा कडा कानुनको ब्यवस्था नेपाल सरकारले गरेको छ । राउडिजमले गल्ती स्विकारेर सुधार पोस्ट नगरे अब कानुनी प्रक्रियामा जाने श्रेष्ठको भनाई छ ।

यता राउडिजमका सञ्चालक करन चौहानले भने परिकला मिडिया प्रालिको प्रमोलाई भुलवश आफ्नो पेजमा अपलोड भएको बताए । कलाकार सबैको सम्पत्ति भएकाले आफ्नो कार्यक्रम पनि मिल्दोजुल्दो भएर महादेवको भिडियो प्रोमोको रूपमा प्रयोग भएको र तत्काल हटाइएको चौहानको भनाई छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्