Techie IT
५ असार २०७८, शनिबार

ऐतिहासिक पहिचान बोकेको म्युजिक भिडियो ‘‘पाउ हजुरको’ विश्व बजारमा


काठमान्डौ ।

ऐतिहासिक कथा वस्तु र संस्कार बोकेको गीतको म्युजिक भिडियो ‘‘पाउ हजुरको’हालै विश्व बजारमा सार्वजनिक भएको छ ।

डा. दलिपकुमार मल्लको शब्दमा तयार भएको गीतको संगीत ,संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका हुन् । परम्परा,संस्कार,भेष,भुसा र भाषा,संस्कृति बिर्सिदै गएको हाम्रो समाजलाई यो गीतले एक चोटीब्यूँझाइ दिन्छ ।गायक लक्षुप्रकाश मल्ल र निशा देशारको आवाजमा सजिएको यो गीतको म्युजिक भिडियोमा नायिका वेनिशा हमाल र डा. दलिपकुमारको अभिनय रहेको छ ।

No description available.

प्रमुख भूमिकामा बेनिशा हमाल रहेकी छिन भने उनको मनमोहक नृत्यले यसलाई थप उचाई थपेको छ भने उनको साथमा अन्य कलाकारहरु निशा शाह, रोजा अवाले, सुरवी मगर, हस्ना महर्जन, निकी बज्र्चार्य, रुक्सना महर्जन रहेका छन । त्यस्तै गरी राजाको भुमिकामा दलिप कुमार मल्ल र उनका भाई भारदारमा सोम शाह र विश्वास सिंह ठकुरीले अभिनय गरेका छन् ।यस भिडियोको निर्देशन शेर शाहीले गरेका हुन् ।

शास्त्रिय संगीतको स्वादसमेत यस गीतमा चाख्न पाइन्छ । साथै ठकुरी जातीको संस्कार,भाषा,संस्कृतिलाई पनि गीतले उजारगर गरेको छ ।ऐतिहासिक कालमा राजघरानामा गाइने शास्त्रिय गीतलाई यस म्युजिक भिडियोमार्फत त्यस समयको झझल्को दिन्छ ।गरिवक्स्यो, खोपी, पाउ,कष्ट जस्ता सम्मानजनक शब्द प्रयोग हुने शाह,ठकुरी,मल्ल घरानिया वर्गको सांस्कारिक यथार्थलाई गीतकारले यो भिडियोमा देखाउन खोजेका छन् । नयाँ अनुहार भए पनि पुरुष कलाकारको अभिनय क्षमतामा पनि कमि देखिदैन ।

यो भिडियामा अब भने नेपाली समाजमा यस्ता संगीतलाई बजारमा ल्याउनु पर्छ जसले संगित र संस्कृतिमा नयाँ आयम दिन सक्दछ । अब यो संगीत क्षेत्रमा लोक आधुनिक सँगै यसलाई पनि बजारमा पस्कन सक्नु पर्दछ भन्ने आशय यो गितले बोकेको छ । नेपालको इतिहासमा नेपालीहरुले बोल्ने सभ्य भाषा अझ झन दरवारमा बोलीने ठकुरी भाषाले सजिएको शास्त्रीय संगीतमा आधारित यो गितले एतिहासिक छाप नेपाली समाजमा छोडने आशा गर्न सकिन्छ ।

गितमा सृजना, भेषभुषा, योजना तथा उत्पादन डा।दलिप कुमार मल्लको रहेको छ कोरियोग्राफ स्वजन रघुबंशीले गरेका छन् भने सिनेमाटोग्राफरमा दिपक गिरी रहेका छन् त्यस्तै गरि सहायक निर्देशकको रुपमा रोशन तन्डुकार र प्रोडक्सन मेनेजरमा ध्रुव ठकुरी रहेका छन् भने भिडियो सम्पादन मिलन बिक्रम शाहले गरेका छन । राजा महाराजाहरुको दरबारमा हुने गरेको शास्त्रीय संगीतले सु—सज्जित आलिशान दरबार भित्रको मौलिक दृश्यले यो गीतले मागेको यर्थाथतालाई भिडियोले चित्रण गरेको छ । आज सम्म हाम्रा समाजमा चलेको लोकगीत र आधुनिकतामा रमाएका लाखौ नेपालीहरुलाई यो फरक स्वादको म्युजिक भिडियोले सवै दर्शक,श्रोताको मन तानिनेमा निर्माण पक्ष आशावादी रहेको छ ।

यसको प्रमुख भूमिकामा बेनिशा हमाल रहेकी छिन भने उनको मनमोहक नृत्यले यसलाई थप उचाई थपेको छ भने उहाँको साथमा अन्य कलाकारहरु निशा शाह, रोजा अवाले, सुरवी मगर, हस्ना महर्जन, निकी बज्र्चार्य, रुक्सना महर्जन रहेका छन ।

त्यस्तै गरी राजाको भुमिकामा दिलिप कुमार मल्ल र उनका भाई भारदारमा सोम शाह र विश्वास सिंह ठकुरीले अभिनय गरेका छन् । गीतकार मल्ल आफू पनि एक अनुसन्धानकर्ताको रुपमा भएको हुनाले पनि उनको यो सांस्कृतिक अनुसन्धानमूलक गीतले समाजमा एउटा इतिहासको पाना कोर्नमा सहयोग पुयाउने आशा गर्न सकिन्छ ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्