Techie IT
५ असार २०७८, शनिबार

सागर बिरही र निर्मला पुलामी मगरको आवाजमा मर्मस्पर्शी गीत “शुभ–साईत” सार्वजनिक


काठमाडौं ।

बहुप्रतिभाका धनी कलाकार सागर विरही र निर्मला पुलामी मगरको आवाजमा सजिएको सांगीतिक कोशेली शुभ साईत बजारमा सार्वजनिक भएको छ ।

गीत “शुभ–साईत” सार्बजनिक भएसँगै नेपाली श्रोता तथा दर्शकले अहिले सम्मको भन्दा पृथक किसिमको साँगीतिक स्वाद चाख्न पाउने भएका छन् । सागर बिरहीको लय,शब्द तथा एरेन्जमा तयार भएको यो अति नै मर्मस्पर्शी गीतले एउटा प्रेमिल जोडिको विछोड हुनु परेको कथा वस्तु समेटेर साँगीतक कोशेली तयार भएको छ ।

गीतमा सुमधुर स्वरका धनी सागर विरही र निर्मला पुलामी मगरको आवाज सजिएको छ । यस गीतको भिडियोलाई निर्देशन सागर विरहीले नै गरेका हुन् भने सागर विरही र देवा मगरको अभिनयले पनि दर्शकका मन पगाल्न सक्ने भिडियोलाई दुर्गा पौडेलले क्यामेरामा कैद गरेका हुन् ।

यस्तै भिडियोको सम्पादन लामो समयदेखि दृष्य सम्पादनमा कृयासिल, धेरै म्युजिक भिडियो सम्पादन गरेका कुशल सम्पादक रोशन गाहा मगरले गरेका हुन् ।संगम इन्टरटेन्मेण्टले बजार व्यावस्थापन गरेको यो गीतले नेपाली श्रोता,दर्शकको मन जित्न सक्नेमा निर्माण पक्ष आशावादी रहेको छ ।

गीतमा आफ्नो घरको दुखले लाखौं लाख नेपाली दाजु भाईहरु प्रदेश जानु पर्ने बाध्यतालाई उजागर गरिएको छ ।सामाजिकब यथार्थता यस गीतमा झल्किएको छ ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्