Techie IT
शनिबार, असोज १०,२०७७

जातीय विभेदविरुद्ध ‘जातीय भेदभाव’ सार्वजनिक


काठमाडौं,साउन २९

जातीय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक भएको छ । २१ औँ शताब्दीसम्म आएर पनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्याहिंसाको सो गीतमा कलाकार गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै आवाज रहेको छ ।

गीतमा बराइलीको शब्द, गायक सङ्गीतकार रमेश विक्रम रत्नको सङ्गीत रहेको छ । भिडियोमा चर्चित कलाकार शिव विक, चन्द्र शर्मा, शङ्कर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टीका भुजेल, प्रकाश बराइली (अभिव्यक्ति), ध्रुव हिमाली, निर आले मगर, राजकुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापामगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, वर्षा शिलवाल, उषा सुवेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आइसा राईलगायतको अभिनय रहेको छ । गीतमा पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका कारण देशैभरि भएका घटनालाई समेत समावेश गरिएको गायक बराइलीले जानकारी दिए ।

समाजमा व्याप्त वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितका लागि सबै सचेत भई लाग्नुपर्ने गीतको मूल भाव रहेको छ । विभेदको घटनाको विरोध मात्र होइन, कानूनलाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने सन्देश पनि जातीय भेदभाव भन्ने गीतले दिएको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्