Techie IT
सोमबार, असोज १२,२०७७

रेखाको तीज गीत नाचौंन नाचौंन सार्वजनिक


काठमाडौं,साउन २८

पहिलो नेपाली महिला चलचित्र संंगीतकारको रुपमा चिनिएकी संगीतकार तथा गायिका रेखा पौडेलले यस वर्षको नयाँ तीज गीतको कोशेली नाचौंन नाचौंन सार्वजनिक गरेकी छिन् ।

डा.कृष्णहरि बरालको शब्द र गायिका स्वयंकै लय सृजनामा सम्पन्न भएको यो तीज गीतमा ओम श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको छ भने क्यामेरा सन्तोष तिमिल्सिनाको रहेको छ ।

यस्तै गरेर सम्पादन प्रकाश एस.से.को रहेको यो म्युजिक भिडियोमा मोडेलिङमा अन्र्राष्ट्रिय पुरस्कार पाउन सफल नितु कोइरालाका साथै सुशिला थापा ,गायिका पौडेल र अनय प्रतिभावान कलाकारहरुको कला देख्न सकिन्छ । गीतलाई रेखा पौडेल युट्युव च्यानलमार्फत बजारमा सार्वजनिक भएको जानकारी गायिका रेखाले दिएकी छिन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्