Techie IT
शनिबार, असोज १०,२०७७

वितरक श्रेष्ठले शुरु गरे निशुल्क स्यानिटाइजर वुथ


काठमाडौं,साउन २८

चलचित्र निर्माता, वितरक, कलाकार तथा जागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले आम मानिसका लागि निशुल्क स्यानिटाइजर वुथको शुरुवाट गरेका छन् ।

करणले अनमानगरबाट सो कार्यको थालनी गरेका हुन् । बाटो हिड्ने आम मानिसका लागि बाटोमै अटोमेटिक स्यानिटाइजर वुथको व्यवस्था शुरु गरेका ेहो । हाललाई अनामनगरस्थित पूर्वी गेटमा बाटो हिड्ने आम मानिसका लागि स्यानिटाइजरको वुथ राखिएको छ । जहाँ हात राख्नासाथ स्यानिटाइजर लगाउन पाईन्छ । कोरोना त्रास बढ्दै गर्दा आम मानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ संचालनमा ल्याएको उनले बताएका छन् ।

केही दिन अघिदेखि जागौं यूवा अभियानले निशुल्क मास्क समेत वितरण गर्दै आएका थिए । त्यस लगतै अटोमेटिक निशुल्क स्यानिटाइजर वुथ संचालनमा ल्याईएको हो । सो वुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा प्रालिका संचालक महेश प्रसाद किजु र जागौ यूवाअभियानकाअध्यक्ष करण श्रेष्ठ लगायतले गरेका थिए । अभियानका अध्यक्ष श्रेष्ठका अनुसार, सो बाटो भएर हिडडुल गर्ने आम मानिसले उक्त वुथबाट हात स्यानिटाइज गर्न सक्नेछ । यसले कोभिड–१९ सँगको लडाई सहकार्यमा लड्न सहयोग हुने समेत बताएका छन् ।

सरकारको अभियानलाई सफल पार्न पनि आम मानिस र सामाजिक अगुवाई गर्ने व्यक्तिहरुले यस्तो खालको कार्यक्रमहरु संचालन गर्नुपर्ने करणले बताए । सबै मानिसले स्यानिटाईजर बोकेर हिडेँको पनि नहुन सक्छ । कतिपयले सधै किनेर लगाउन पनि सक्दैन । त्यसैले यस्तो अभियानलाई सबै ठाउँमा तिब्रता दिए सिंगो समाज नै स्यानिटाइज हुने उनले बताए ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्