Techie IT
बुधबार, मंसीर १७,२०७७

सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा भए खोजि आवाजको” बिजेता


काठमाडौं ।

कला र गला भएका तर विविध कारणले पर्दा पछाडी बस्न बाध्य भएका कलाकारहरुको लागि रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” प्रतिस्पर्धा सम्पन्न भएको छ ।

कला भएर पनि उपयुक्त अवसर पाउन नसकेकाको लागि रेडियोको माध्यमबाट यो अवसर सिर्जना गराउने कार्य रेडियो काठमाण्डु र डिएआर मुभिजको सहकार्यमा “खोजि आवाजको” प्रतिस्पर्धा संचालन गराएर सम्पन्न भएको छ ।

देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लोक गीत प्रेमीहरूको कार्यक्रममा सहभागिता रहेको रेडियो काठमाडौंका स्टेसन म्यानेजर चन्द्रमणि गौतमले जानकारी दिए ।

“खोजि आवाजको” प्रतिस्पर्धामा अन्य प्रतियोगीलाई पछाडी पार्दै सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी छन ।बिजेताहरूलार्इ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्ने कार्यक्रम आयोजकले जनाएको छ ।

विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्नेछ ।कार्यक्रमको संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गौतमले गरेका थिए । “खोजि आवाजको” निर्णायकमा घमेश दुलाल र प्रभावन जे रहेका थिए ।

पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडि काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामि मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए ।
कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाण्डौ, नविन बोहरा डोटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए ।फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।

सञ्चार र फिल्मी क्षेत्रको सहकार्यमा आफूसँग कला हुँदा हुँदै पनि पछाडी बसेका प्रतिभावान कलाकारहरुलाई आफ्नो कला प्रष्फुटन गराएर भोलीका देशका सच्चा लोक संस्कृतिका पहरेदार बनाउने अभियानमा लागेर नेपाली लोक संस्कृतिलाई ठूलो टेवा पुगेको छ । आगामी दिनमा पनि यो अभियान निरन्तर जारीरहने विश्वास सम्पूर्ण लोक संस्कृति प्रेमीहरुले गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्