Techie IT
बुधबार, मंसीर १७,२०७७

प्रदेशी भूमिबाट बिमल डाँगी र सरिता डाँगीको पछिल्लो प्रस्तुति मेरो हजुर बजारमा (भिडियो सहित)


काठमाडौं ।

नेपाली लोकदोहोरी क्षेत्रमा एउटा अलग्गै स्थान बनाउन सफल लोक तथा दोहोरी गायक हुन् विमल डाँगी । करिव दुइ दशकदेखि नेपाली लोक सुगन्धलाई सबैसामू बासना फिजाउन कृयासिल कलाकार डाँगी विगत बहुआयामिक कलाकारको रुपमा पनि गनिन्छन् ।नेपाली माटोको गीत गाउदै हिड्ने कलाकार डाँगीलाई परिस्थितीले भने प्रदेशको भूमिमा रगत र पसिना बगाउन बाध्य बनाएको छ ।

No description available.

जन्म थलो डोल्पाबाट काठमाडौं आएर साँगितिक कर्मथलो काठमाडौंलाई बनाउदा बनाउदै उनले आफ्नो पहिचानलाई फराकिलो दायरामा पुर्याए । उनका अहिले सम्म पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु बजारमा आएका छन् र नेपाली दर्शक,श्रोताको मन,मुटुमा बस्न सफल भएका छन् ।

No description available.

 

तर उनका शुभ चिन्तकहरु उनलाई सजिलै खोजेर पाउन सक्दैनन् । कित उनीसँग सामाजिक सञ्जालमा जोडिन प-यो कि त उनी आउने मुलबाटो कुरेर बसनु परयो । यो बाहेक अरु बिकल्प छैन । यो भन्दैमा उनी नेपाली दर्शक,श्रोताको माया मारेर क्षितिज पारि भेट्नै नसक्ने ठाउँमा गए भन्न खोजेको भने पक्कै होइन । उनको भौतिक शरिर हामीबाट केही टाढा भएपनि हामीलाई साँगितीक स्वाद भने चखाइरहेका छन् ।

ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति मेरो हजुरू बजारमा आएको छ ।

No description available.

उनै गायक तथा सर्जक बिमल डाँगीले पछिल्लो सांगीतिक प्रस्तुति मेरो हजुरले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ । किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाड़ता बनाउनका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ ।

तसर्थ यस गीतलाई पनि सामिजिक यथार्थता भित्रको प्रष्टता भन्दा फरक नपर्ला । त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरुले छोटो चर्चापरिचर्चा मात्र पाउने गरेको हामी मनन गर्न सक्दछौं । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदाबहार श्रोता तथा दर्शकहरुको मन जितिरहेको हुन्छ ।

No description available.

हालैमात्र बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र उनकै अर्धांगिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । गीतमा गायक डाँगीकै लय, शब्द रहेको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् । उनका यस अघिका कोशेली जस्ता यस गीतले पनि सम्पूर्ण दर्शक,श्रोताको माया पाउनेमा कलाकार डाँगी विश्वस्त रहेका छन् ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्