Techie IT
शुक्रबार, माघ २,२०७७

नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ भिडियो सार्वजनिक


काठमाडौं ।

इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।

No description available.

भिडियोलाई शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् ।

युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।
डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् ।

निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।

No description available.

भिडियो सार्वजनिक गरेपछि गायिका खुसीले भनिन्, ‘यो गीतप्रति निकै आशावादी छु ।’ सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकी गायिका खुसीको यसअघि थुप्रै चर्चित गीत श्रोता तथा दर्शकमाझ आइसकेका छन् ।

 




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्