Techie IT
शनिबार, मंसीर १३,२०७७

गायक नवीन पौडेलले “लेउ खुकुरी लेउ, भनेपछि भ्रष्टचारीको सातो पुत्लो गयो


काठमाडौं ।

देशमा बढिरहेको भ्रष्टाचार, कमिसनतन्त्र,बलात्कार,विकृती र विसंगतीको विरुद्धमा बडादशैको अवसर पारेर गायक नविन पौडेलले लेउ खुकुरी लेउ बोलको जनचेतनामुलक भिडियोसहितको गीत बजारमा ल्याएपछि देशमा भ्रष्टाचार,लुटपाट र सर्वसाधारणलाई लुटेर खान पल्किएका भ्रष्टचारी नेताहरुको सातो पुत्५लो जान थालेको छ । उक्त कुराको रहसय गायक पौडेलले गीतको प्रमोसनकाक्रममा सार्वजनिक गरेका हुन् ।

No description available.

गायक आफ्नै लय, शब्द अनि स्वरको यस गीतलाई गायक पौडेलले आफ्नै नविन पौडेल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय देशमा बढ्दै गएका भ्रष्टाचार, व्यातिथि, बलात्कार जस्ता घटनालाई मध्यनजार गर्दै उक्त गीतको सृजना गरेको पौडेलले बताएका छन् ।देशको राष्ट्रिय स्वामित्वमाथि विदेशीले हस्तक्षेप गर्दा पनि देशका प्रमुखहरु रमिता हेरेर बसिरहेको, जनताको पीरमर्काको बारेमा सरकारले गरेको बेवास्ता र आफ्नै दलबीचको भागबण्डामा रुमल्लिएको सरकारर्लाई गीत मार्फत झक्झक्याउने प्रयास गरिएको छ ।

केशव बडुको एरेन्जमा तयार गरिएको यस गीतको म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । यस गीतले छोटो समयमा दर्शक,श्रोताको मन जित्न सफल भएको पनि गायक पौडेल बताउँछन् ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्