Techie IT
बिहीबार, कात्तिक १३,२०७७

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा


विराटनगर ।
एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् । बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् । छायाङ्कन प्रवेश राईले गरेका छन भने सम्पादन सुभास शाहाको रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्