Techie IT
१३ असोज २०७९, बिहीबार

मिलेनियम तण्डुकार शाहले जिते ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२ को उपाधि


काठमाडौं । काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जितेका छन् ।

भक्तपुरको राधे राधेस्थित हेरिटेज गार्डेनमा शनिवार आयोजित ग्राण्ड फिनालेमा ५ फिट ११ ईञ्च शारीरिक उचाइ भएका मोडल तण्डुकारले आफ्ना २१ जना प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाधि चुमेका हुन् ।

विजेता तण्डुकारले यो उपलब्धिसंगै यही नोभेम्बर ३ देखि ७ सम्म थाईल्याण्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन् । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरुको सहभागिता रहने छ ।

प्याजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको पुरुष मोडलहरुको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाएका छन् ।

 

 

 


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्